चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा
नयाँ दिल्ली— चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आएका छन् ।
भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने समाचारमा जनाइएको छ ।
उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहित हैदरावाद हाउसमा भेटवार्ता गरेका छन् ।
त्यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनकै कार्यालय साउद ब्लकमा भेटवार्ता गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।
दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित‚ आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए ।
भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत‚ सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उनीहरूले छलफल गरेको जनाइएको छ ।
विभिन्न देशको भ्रमण गर्ने क्रममा उनी बिहीवार बेलुका भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुगेका हुन् ।
यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेश मन्त्री यी भारत आएको भएको जनाइएको छ ।
भारत आउनु अघि उनले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठन (ओआइसी) को बैठकमा सहभागी भएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:२७
प्रतिक्रिया दिनुहोस्