पीएनजीले नेपाललाई दियो २९३ रनको लक्ष्य
काठमाडौं - पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा पीएनजी २ सय ९३ रनको बलियो लक्ष्य नेपाललाई प्रस्तुत गरेको छ ।
टस जितेर नेपाल पहिले बलिङ रोजेपछि ब्याटिङमा आएको पाहुना टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन हो ।
पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले ।
नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट हात पारे ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:००
प्रतिक्रिया दिनुहोस्