चार सय वर्षको इतिहास बोकेको सिंहदरबार वैद्यखानाको कन्तबिजोग!
काठमाडौं – सरकारी स्वामित्वकै चार सय वर्ष पुरानो इतिहास बोकेको आयुर्वेदिक औषधि उत्पादक गर्ने सिंहदरबार वैद्यखाना छ भन्ने कुरा प्राय नेपालीलाई थाहा नै छैन । तर यो नेपालको मात्र नभई दक्षिण एशियाकै पहिलो वैद्यखाना पनि हो । समयसापेक्ष व्यवस्थापन गर्न नसक्दा अहिले यो संस्था घिटिघिटीको अवस्थामा पुगेको छ ।
राजनीतिक दाउपेच‚ आन्तरिक किचलो‚ आर्थिक तथा नीतिगत समस्यालगायतको कारणले सिंहदरबार वैद्यखानाको स्तर अहिले खस्किएको छ । आन्तरिक मतभेद‚ नीतिगत समस्या लगायतका कारणले वैद्यखाना निरन्तर ओरालो लाग्दै गएको हो ।
औषधी खोज्दै वैद्यखाना पुग्ने कतिपय आयुर्वेदिक औषधी बिक्रेता रित्तो हात फर्कनुपर्ने बाध्य छन् । आयुर्वेदिक औषधी बिक्रेता चन्द्रकिशोर झा बिरामीको माग अनुसार औषधी नपाएको गुनासो गर्छन् ।कुनैबेला करिब २ सय प्रकारका औषधी उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादनमा सीमित बनेको छ । तर यी औषधीको उत्पादन समेत सहज छैन । औषधी लिन वैद्यखानामा पुगेकी श्रद्धा थापाले आफूले खोजेको औषधी नपाएर रित्तो हात फर्कनु परेको पीडा पोखिन् । उनी भन्छिन् – अरु आयुर्वेदिक पसलमा नपाएको औषधी वैद्यखानामा पाइन्छ भनेर आएको तर यहाँ पनि पाइएन । ग्राहकले मात्र होइन औषधी बिक्रेताले समेत वैद्यखानाको औषधी पाउँदैनन् । औषधी खोज्दै वैद्यखाना पुग्ने कतिपय आयुर्वेदिक औषधी बिक्रेता रित्तो हात फर्कनुपर्ने बाध्य छन् । आयुर्वेदिक औषधी बिक्रेता चन्द्रकिशोर झा बिरामीको माग अनुसार औषधी नपाएको गुनासो गर्छन् ।
केहि निर्देशक भने बारम्बार राजनैतिक शक्ति र पहुँचको आडमा वैद्यखानाको नेतृत्वमा पुगेका थिए । तर‚ बिडम्बना प्रबन्ध निर्देशक फेरिए पनि वैद्यखानाको स्तर भने उठ्न सकेन ।वैद्यखानाको औषधी‚ निजी बिक्रेताले पाउने त परको कुरा‚ वैद्यखानाकै काउन्टरमा समेत औषधी अभाव छ । स्वयम् वैद्यखानाकै कर्मचारी वैद्यखानाले आफ्नै काउन्टरमा पर्याप्त औषधी उत्पादन गरेर राख्न नसकेको बताउँछन् । वैद्यखाना विकास समितका बिक्री प्रमुख कविराज आदित्य ठाकुर औषधि अभाव हुँदा धेरै ग्राहक निराश भएर फर्कने गरेको स्विकार्छन् । आन्तरिक किचलोले थपियो झन् समस्या वैद्यखानामा देखिएको समस्या केवल औषधी उत्पादनको मात्र होइन‚ आन्तरिक किचलो पनि हो । सरकारी उपेक्षा र समित नेतृत्वको मुठीमा रहेको वैद्यखानामा पटकपटक प्रमुख परिवर्तन हुने गरेको छ । यसैले वैद्यखानाका बरिष्ठ कर्मचारी एकअर्काको उछितो काट्न लागि पर्छन् । कार्यालयका उत्पादन अधिकृत डा. हरिदेवप्रसाद यादव जडिबुटी खरिदका लागि समयमा टेन्डर र बजेट पास हुन नसक्नु‚ दक्ष अनुभवी कार्यालय प्रमुख नचुनिनु र सरकारी ओहदाबाटै हेलचेक्र्याइँ हुनु वैद्यखानाको र्दुभाग्य रहेको तर्क गर्छन् ।
राजा प्रताप मल्लका पालामा स्थापना भएको वैद्यखाना २०५१ सालमा सरकारले स्वामित्व लिदैं विकास समितिमाफर्त सञ्चालन गर्दै आएको छ । तर वैद्यखानाको स्तर भने झन्झन् खस्किँदै गएको छ ।वि.सं. २०५१ सालमा सरकारले स्वामित्वमा लिएको वैद्यखानामा हालसम्म १८ पटक प्रबन्ध निर्देशक फेरिई सकेका छन् । कतिपय निर्देशकले काम गर्न पर्याप्त समय पाएनन् । केहि निर्देशक भने बारम्बार राजनैतिक शक्ति र पहुँचको आडमा वैद्यखानाको नेतृत्वमा पुगेका थिए । तर‚ बिडम्बना प्रबन्ध निर्देशक फेरिए पनि वैद्यखानाको स्तर भने उठ्न सकेन । अहिले भने समयमा कच्चा पर्दाथ भित्र्याउन नसक्नु र एउटै कार्यकारीले पूर्ण कार्यकाल काम गर्न नपाउनु वैद्यखानाको नियती नै बनेको छ । वैद्यखानाको निमित्त कार्यकारी निर्देशक सबरी साह भने आफू निमित्त कार्यकारी भएर आएपछि वैद्यखानामा धेरै सुधार भएको दाबी गर्छन् । कोरोना महामारीका समयमा वैद्यखानाले धेरै प्रकारको औषधी उत्पादन गर्न सकेको थिएन । तर अहिले भने सिंहदरबार वैद्यखानाले तिनै प्रकारका च्यवनप्राशदेखि रोकिएका सबै प्रकारको औषधीको उत्पादन थालेको छ । तर पुराना मेसिन फेर्न नसक्दा र केही खराब कर्मचारीका कारण पहिले वैद्यखाना धराशयी भएको र वैद्यखानाको प्रतिष्ठा घटेको निमित्त कार्यकारी निदेर्शकको आरोप छ । वैद्यखानाले १० वर्षमा २५ करोड बराबरको उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर व्यवस्थापनले लक्ष्य अनुसारको काम गर्न नसक्दा उक्त लक्ष्य प्राप्त गर्न सकेको छैन् । राजा प्रताप मल्लका पालामा स्थापना भएको वैद्यखाना २०५१ सालमा सरकारले स्वामित्व लिदैं विकास समितिमाफर्त सञ्चालन गर्दै आएको छ । तर वैद्यखानाको स्तर भने झन्झन् खस्किँदै गएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:०८
प्रतिक्रिया दिनुहोस्