आजदेखि आईपीएल हुँदै, उद्घाटन खेलमा चेन्नई र कोलकत्ता भिड्ने
काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज शनिबारदेखि सुरु हुँदैछ ।
आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङस र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
वान्खडे स्टेडियममा हुने उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै नयाँ सिजनमा सुखद सुरुआत गर्न चाहन्छ ।
चेन्नई र कोलकत्ताबीचको खेलमा चेन्नई हाबी हुँदै आएको छ । गत संस्करण दुबै भेटमा चेन्नईले जित निकालेको थियो ।
यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ । लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:२७
प्रतिक्रिया दिनुहोस्