भाषाको फरक : एक प्रेरक प्रसङ्ग
एक पटक नेहरु आफ्नो भाषण सकेर सभाबाट जान लागेका थिए । यो देखेर एउटा पाले तुरुन्त रजिष्टर बोकेर उनको अगाडि आइपुग्यो र भन्यो, ‘महोदय तपाईं यसमा आफ्नो सिग्नेचर गरिदिनुस् ।’
यो सुन्ने बित्तिकै नेहरुले नेहरुले आफ्नो नाम अँग्रेजीमा रजिष्टरमा लेखे । यसपछि पनि त्यो पालेले फेरि भन्यो, कृपया आजको मिति पनि लेखिदिनुस् । उसले यसो भनेपछि नेहरुले हिन्दीमा मिति लेखिदिए ।
यो देखेर त्यो पालेले सोध्यो, यो तपाईंले के गर्नुभएको ? तपाईंले नाम अँग्रेजीमा लेख्नुभयो र तारिख हिन्दीमा ।
नेहरुले भने, तपाईंले नै मलाई सिग्नेचर गर्न र तारिख लेख्न भन्नुभएको थियो ।
यो सुनेर त्यो पालेको अनुहार लाजले रातो भयो ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:३१
प्रतिक्रिया दिनुहोस्