भारतमा पाँच दिनको अवधिमा चौथोपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौँ– भारतमा पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ । पछिल्लो पाँच दिनमा चौथो पटक मूल्य बढेको हो ।
राजधानी दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसा बढेको छ । योसँगै पाँच दिनको अवधिमा भारतमा प्रतिलिटर ३ रुपैयाँ २० पैसा मूल्य वृद्धि भएको छ ।
चार महिनापछि गत मंगलबार पहिलोपटक पेट्रोलियम पदार्थको मूल्य बढेको थियो ।
दिल्लीमा पेट्रोलको मूल्य ९८ रुपैयाँ ६१ पैसा पुगेको छ भने डिजेलको मूल्य ८९ रुपैया ८७ पैसा पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:५८
प्रतिक्रिया दिनुहोस्