यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको छ।
यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ १७ पैसा र बिक्री दर १६० रुपैयाँ ९६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ३२ पैसा र बिक्री दर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२२ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रीदर ३२४ रुपैयाँ १७ पैसा रहेको छ।
मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर २९ रुपैयाँ ०३ पैसा छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा छ।