Nic Ad Nic Ad
Nic Ad Nic Ad

जेलेन्स्किीले पश्चिमा देशहरुसँग सहयोगका लागि फेरि गरे आग्रह, लडाकु विमान र ट्यांक दिन माग

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले पश्चिमा देशहरुसँग सहयोगका लागि फेरि अपिल गरेका छन् ।

शनिबार राति एक भिडियो सन्देशमार्फत जेलेन्स्किीले रुससँगको युद्धका लागि लडाकु विमान, ट्यांक तथा मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘युरोपको सुरक्षाका लागि जुन हतियार बनाइएको छ, ती हतियार गोदाममै धुलो लागेर थन्किएका छन् । मेसिन गनबाट रुसी लडाकु विमानलाई झार्न सकिन्न ।’

उनले यो लडाइँ युक्रनेको मुक्तिका लागि मात्रै नभएर पुरै युरोपको स्वतन्त्रताको विषय भएको बताएका छन् ।

जेलेन्स्किीले नेटो गठबन्धन के रुससँग डराएको हो भनेर प्रश्न गर्दै नेटोको एक प्रतिशत लडाकु विमान र एक प्रतिशत ट्यांक युक्रेनलाई दिन माग गरेका छन् ।

युक्रेनमाथि रुसले जित हासिल गरे त्यसपछि रुसले युरोपमा समेत आफ्नो पाइला राख्ने जेलेन्स्किीले बताउँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्