Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले चीनमा प्रशोधित घाँस निर्यात गर्ने बाटो खुल्यो

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – नेपालमा प्रशोधित घाँस चीन निर्यात हुने भएको छ । घाँस निर्यातका लागि शनिबार दुई देशबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री नारायण खड्का र चीनका विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपनछी तर्फका सचिव निरु दाहाल र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै नेपाल सरकारले प्रशोधित घाँस चीन निर्यात गर्ने बाटो खुलेको सचिव दाहालले बताइन् । कति मात्रामा र कहिलेदेखि निर्यात हुने विषय केही दिनमा टुंगो लाग्ने उनले बताइन् ।

गत मंसिर १४ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रशोधित घाँस चीन निर्यात गर्न नेपाल र चीनबीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गरेको थियो ।

डेढ वर्षअघि नै चीनले नेपालबाट घाँस लैजाने बताएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४६
प्रतिक्रिया दिनुहोस्