राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच शिष्टाचार भेट
काठमाडौँ - नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति भण्डारीसँग विदेशमन्त्री वाङले शीतल निवासमा आइतबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।
तीनदिने भ्रमणमा रहेका वाङले स्वदेश फर्किनुअघि आजै आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।
ओलीले बिहान ११ : १० बजे विदेशमन्त्री वाङसँग होटल मेरियटमा भेटवार्ता गर्ने छन् ।
यस्तै, प्रचण्डसँग बिहान ११ : ४५ बजे भेटवार्ता गर्ने तालिका छ ।
चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते काठमाडौं आएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०३
प्रतिक्रिया दिनुहोस्