नेपाल बैंकको नयाँ शाखा चोरमारा बजारमा सञ्चालन
काठमाडौं - आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा दिदै आइरहेको नेपाल बैंकले आफ्नो शाखाहरु विस्तार गर्दै आइरहेको छ । यसैबीच यस बैंकले आफ्नो २१३औं शाखा पनि सञ्चालनमा ल्याएको छ ।
बैंकले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) स्थित मध्यविन्दु नगरपालिका वडा नंं ७ चोरमारामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंक संचालक समितिका पूर्व अध्यक्ष मधुकुमार मरासिनी तथा मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर रानाले शाखाको उद्घाटन गरेका छन् । यससँगै अब बैंकका२ सय १३ शाखा, १४७ एटिएम र ४९ वटा एक्टेन्सन काउन्टर भउका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २०:११
प्रतिक्रिया दिनुहोस्