Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुक्तिनाथ विकास बैंकद्वारा निलसागर सेवाआश्रमलाई सहयोग

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– मुक्तिनाथ विकास बैंक लि ले सामाजिक उत्तरदायित्व अन्तरगत राप्ती गाउँ पालिका– ०८‚ पिपरी‚ दाङ्गस्थित निलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक पून: स्थापना केन्द्र निलसागर सेवाआश्रम का लागि खाद्य वस्तुहरू‚ डस्टबिन तथा अन्य सामग्रीहरू उपलब्ध गराएको छ । बैंकले निलसागर सेवाआश्रमलाई एक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तफर्बाट सिसहनिया शाखाका प्रबन्धक दिपककुमार पाण्डे र अन्य कर्मचारीहरूको उपस्थिति तथा निलसागर सेवाआश्रमका तफर्बाट आधिकारिक सदस्यहरूको उपस्थिति रहेको थियो । यस सहयोगबाट निलसागर सेवाआश्रममा बसेका ज्येष्ठ नागरिक‚ अशक्त नागरिकको पुन:स्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै‚ यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ । साथै‚ बैंकले डिजिटल कारोबार लाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ‚ क्यूआर कोड‚ अनलाइन कर्जा आवेदन‚ अनलाइन खाता खोल्ने‚ इन्टरनेट बैंकिङ‚ खातामै रेमिट्यान्स जम्मा‚ मिसकल बैङ्किङ (बचत सेवाको लागि: ९८०१११००२२‚ कर्जा सेवाको लागि: ९८०१११००२३०) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार