Nic Ad Nic Ad
Nic Ad Nic Ad

पल शाहले आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदै

शुक्रबार, मंसिर ९, २०७९

तनहुँ - बलात्कार अभियोगको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् ।

एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा शाहविरुद्ध जिल्ला अदालत तनहुँले थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै उनले आज उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी गरेका हुन् ।

पल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । तर समय अभावका कारण आज उच्च अदालत पुगेर निवेदन दिन लागेको उनले बताइन् ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो ।

७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।

गायिकालाई सुटिङका क्रममा विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक-पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

आफूविरुद्ध उजुरी परेपछि शाहले गत १५ फागुनमा तनहुँ प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१२
प्रतिक्रिया दिनुहोस्