स्वदेशी कपडा : एक प्रेरक प्रसङ्ग
एक पटक स्वामी विवेकानन्द अमेरिकामा बसेका भारतीयको अगाडि भाषण दिइरहेका थिए । भाषणमा उनले स्वदेशी वस्त्र लगाउनको लागि जोड दिइरहेका थिए ।
उनी आफैँले पनि स्वदेशी वस्त्र लगाएका थिए, तर उनको जुत्ता विदेशी थियो । यो देखेर एक अँग्रेजी महिला जो उनको भाषण सुनिरहेकी थिइन् उनले सोधिन्— तपाईं स्वदेशी लुगा लगाउनलाई भनिरहनु भएकोछ । तर तपाईं आफैले विदेशी जुत्ता लगाइरहनुभएको छ ?
स्वामीजीले तुरुन्त जवाफ दिए, हाम्रो देशमा अँग्रेजको के स्थान छ त्यो देखाउनको लागि मैले यो जुत्ता लगाएको हुँ ।
साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०८
प्रतिक्रिया दिनुहोस्