पल शाहले दिए उच्च अदालत पोखरामा निवेदन
काठमाडौं - अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । पलले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध मंगलबार उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका हुन् ।
अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार रिट दर्ता भइसकेको छ । पलले थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरेका छन् ।
चैत १० गते तनहुँ जिल्ला अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:३१
प्रतिक्रिया दिनुहोस्