नाथ्री फुट्नु समस्याको घरेलु समाधान
नाकमा ठोक्किएर वा अन्य कारणले नाकबाट रगत बग्नुलाई नाथ्री फुट्नु भनिन्छ ।
नाकमा चोट पार्नु‚ नाक कोट्याउनु‚ नाकमा संक्रमण हुनु‚ सिँगान फाल्दा बढी नाक बजाउनु आदि कारणले नाथ्री फुट्ने गर्दछ ।
– प्रशस्त पानी पिउनुपर्दछ ।
– सिस्नो पानी उमालेर पिउनु लाभदायक हुन्छ ।
– फलफूलहरु प्रशस्त खानुपर्दछ ।
– रगत बगेको बेला टाउको माथि पारेर नाक बन्द गरिराख्नुपर्दछ ।
– टाउकोमा चिसो पानी राख्ने ।
– नाकमा बरफ राख्ने ।
साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०३
प्रतिक्रिया दिनुहोस्