Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती हुने

बिहीबार, मंसिर ८, २०७९
कोलम्बो, एएफपी – श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ ।देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् । दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।श्रीलङ्कामा प्रयोग हुने विजुली मध्ये ४० प्रतिशत विजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् । पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले विजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाई छ । बाँकी विजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण विजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्