Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुक्तिनाथ विकास बैंकद्धारा आईयू क्यूब स्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ—मुक्तिनाथ विकास बैंक लि.ले बैंकले काभ्रे स्थित श्री काठमाण्डौं विश्व विद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्धारा आईयू क्यूब स्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग गरेको छ। काठमाण्डौ विश्वविद्यालयहाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु यस आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण कार्यमा जुटेका छन् । सोही स्याटेलाइटको निर्माण सकेर अन्तरिक्षमा उडान गरिने कार्य २०२३ साल सम्म गरिने छ । बैंकले काठमाण्डौं विश्वविद्यालय हाई स्कूललाई यसै आईयू क्यूब स्याटस् स्याटेलाईट निर्माण कार्यको विभिन्न खर्चहरुको प्रबन्ध गर्नेका लागि एक कार्यक्रमबीच सहयोगका लागि रु ७५‚००० को (चेक) हस्तानतरण गरेको छ ।उक्त कार्यक्रममा बैंकका तफर्बाट प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभागका बसन्त बक्शी‚ र अन्य कर्मचारीहरुको उपस्थितितथा काठमाण्डौं विश्वविद्याल यहाई स्कूलको तफर्बाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्न जुटेका सबै विधार्थीहरुर संस्थाहरुलाई मद्दत हुने र अन् यविद्यार्थीहरुलाई समेत विज्ञान विषय प्रति अझ रुचि बढाउन प्रोत्साहन पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिकउत्तर दायित्वलाई आत्मसाथ गर्दै‚ यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:४०
प्रतिक्रिया दिनुहोस्