नेपाल एक खेलअघि नै अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश
काठमाडौं - नेपाल एक खेल अगावै त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । करण केसीले अन्तिम ओभरमा ह्याट्रिक लिएपछि नेपालले सफलता हासिल गर्न सक्यो ।खेलमा नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९ ओभर ४ बलमा सबै विकेट गुमाउदै एक सय ६६ रनमात्र बनाउन सकेको थियो । खेलमा पिएनजीका लागि चार्ल्स एमिनीले सर्वाधिक ६२ रन, टोनी उराले ४३, सेसे बाउले २५ र नोर्मान भानुआले १७ रन बनाए ।
पिएनजीलाई सस्तोमै समेट्ने क्रममा नेपालका करण केसीले ह्याट्रिकसहित पाँच विकेट लिए । उनले १९औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा क्रमशः पिएनजीका चाड सोपर, सिमोन अटाइ र नोसैना पोकनाको विकेट लिए । ३.४ ओभर बलिङ गरेका करणले २१ रन खर्चिए ।
खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले पीएनजीलाई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रनको लक्ष्य दिएको थियो । ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका दीपेन्द्रले ३३ बलमा तीन चौका र चार छक्कासहित ६६ रन बनाउदा आदिलले ११ बलमा एक चौका र तीन छक्कासहित ३१ रन बनाएका छन् । यस्तै यस्तै कुशल भुर्तेलले १७ रन, आशिफ शेखले ३८ रन र रोहितकुमार पौडेलले ४१ रन थपे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०२
प्रतिक्रिया दिनुहोस्