रियलमीद्वारा '१०० डेज रिटेलर स्किम' विजेताहरुको घोषणा
काठमाडौं—विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो १०० डेज रिटेलर स्किमको विजेताहरुको घोषणा गरेको छ ।
यो स्किम नेपालभरि रहेका १००० भन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरु बीच १०० दिन चलेको थियो । विजेताहरुलाई विभिन्न आकर्षक उपहारहरु चैत्र ९ का दिन एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । सेप्टेम्बर २१‚ २०२१ देखि चलेको यो स्किम डिसेम्बर २१‚ २०२१ मा अन्त्य भएको थियो ।
सबै विजेता रिटेलरहरुलाई उक्त कार्यक्रममा उपहारहरु वितरण गरिएको थियो । ए२जेड मोबाइल्स्‚ नारायणघाटले प्रोटोन सागा कार जितेको थियो ।
श्री मुनिस गिरी‚ रियलमी नेपाल प्रमुख‚ दीपक नाक्रा‚ बिक्री निर्देशक‚ सक्क्षम जाटिया‚ कार्यकारी निर्देशक‚ शंकर ग्रुप र सुलभ अग्रवाल‚ उपाध्यक्ष‚ शंकर ग्रुपको उपस्थितिमा उपहार वितरण कार्यक्रम गरिएको थियो ।
रियलमी नेपालमा लन्च भए सँगै यो स्किम सबै वितरण च्यानलहरुको लागि खुला गरिएको थियो ।
यो स्किम लन्च हुँदा रियलमीको चारवटा स्मार्टफोनहरु मात्र नेपाली बजारमा उपलब्ध थिए – रियलमी सी२१‚ रियलमी सी२०‚ रियलमी सी११ २०२१‚ र रियलमी ८ । पहिले कहिल्यै नदेखिएको मूल्य र आक्रामक बजार रणनीतिका साथ यी स्मार्टफोनहरु नेपाली बजारमा ल्याइएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २०:४०
प्रतिक्रिया दिनुहोस्