Nic Ad Nic Ad
Nic Ad Nic Ad

वालिङविरुद्ध एपीएफको जित, सावित्राको ह्याट्रिक

बुधबार, मंसिर ७, २०७९
काठमाडौं - बिहिबार राष्ट्रिय महिला लिग अन्तर्गत भएको खेलमा शस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा एपीएफ फुटबल क्लबले वालिङ नगरपालिकालाई ७–० गोलले पराजित गरेको हो । उक्त खेलमा एपीएफकी सावित्रा भण्डारी (साम्बा)ले ह्याट्रिक गरेकी थिइन् । यस्तै अनिता केसी, सरु लिम्बू र अनिता बस्नेतले एक एक गोल गरेका थिए । चितवनको सारदानगरमा भएको खेलमा एपीएफलाई जिताउन सावित्राले ह्याट्रिक सहित चार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बू र अनिता बस्नेतले समान एकरएक गोल गरे । एपीएफकी अनिता केसीले खेलको २४औं मिनेटमा गोल गरी अग्रता दिलाएकी थिइन्। खेलको ५२औं, ६६औं र ८०औं मिनेटमा साम्बाले गोल गरेकी हुन् । जितसँगै तीन खेलमा शतप्रतिशत नतिजा निकालेको एपीएफले नौ अंक बनाएको छ र शीर्षस्थानमा छ । यस्तै समान खेल खेलेको वालिङ अंकविहीन भएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्