आर्थिक संकटग्रस्त श्रीलंकामा जनआक्रोश बढ्दै, कोलम्बोमा अनिश्चितकालनी कर्फ्यू
काठमाडौँ - खाद्यान्न, इन्धन र बिजुलीको अभावको विरोधमा राष्ट्रपतिको घरबाहिर भएको प्रदर्शन हिंसात्मक बनेपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । साथै प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको छ ।
आक्रोशित प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेको तथा बिहीबार राती बसमा आगजनी गरेको आरोप लगाइएको छ ।
राष्ट्रपति गोटाभाया राजापाक्षेले सो घटनामा "चरमपन्थी तत्व" को हात रहेको आरोप लगाएका छन् ।
चरम आर्थिक संकट झेलिरहेको श्रीलंकाको अर्थ व्यवस्था अस्तव्यस्त बनेको छ ।
१३ घण्टा विद्युत् कटौती, इन्धन, अत्यावश्यक खाद्यवस्तु र औषधिको अभावका कारण जनआक्रोश नयाँ उचाइमा पुगेको छ ।
राष्ट्रपति भवन बाहिर शान्तिपूर्ण रूपमा विरोध सुरु भए पनि सहभागीहरूले प्रहरीले अश्रुग्यास, पानीको फोहोरा प्रहार गरेको र मानिसहरूलाई कुटपिट गरेको बताएका छन् । केही प्रदर्शनकारी पक्राउ पनि परेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:४८
प्रतिक्रिया दिनुहोस्