सुनको भाउ तोलामा ८०० रुपैयाँ बढ्यो
काठमाडौँ - नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रति तोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९९ हजार दुई सयमा कारोबार भइरहेको छ ।
आज (शुक्रबार) चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन भने चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २१:०४
प्रतिक्रिया दिनुहोस्