रुसी सेनाले युक्रेनलाई सुम्पियो चेर्नोबिल परमाणु केन्द्र
किभ -रुसी सेनाले युक्रेनको चेर्नोबिल परमाणु केन्द्र युक्रेनलाई सुम्पिएको छ । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा नियोग (आईएईए)का अनुसार युक्रेनले रुसको सेना परमाणु केन्द्रबाट फिर्ता गएको उल्लेख गरेको छ । आईएईएले उल्लेख गरेको छ, ‘चेर्नोबिल परमाणु केन्द्रको नियन्त्रण युक्रेनका कर्मचारीलाई सुम्पिएको छ ।’ रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको केही दिनमा नै चेर्नोबिल परमाणु केन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
यद्यपि चेर्नोबिल परमाणु केन्द्र सञ्चालनको लागि युक्रेनकै कर्मचारीलाई राखिएको थियो । चेर्नोबिल परमाणु केन्द्रमा सन् १९८६ मा भयानक परमाणु संकट उत्पन्न भएको थियो । अहिले यहाँ कुनै पनि परमाणु रियाक्टर छैनन् । तर, यसलाई व्यवस्थापन गर्नु जरुरी हुन्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:४८
प्रतिक्रिया दिनुहोस्