चीनका राष्ट्रपति सी चिनफिङद्वारा पैचिङमा वृक्षारोपण
पैचिङ— चीनका राष्ट्रपति सी चिनफिङले पैचिङ सहरको ता सिङ क्षेत्रको ह्वाङ छुन बस्तीमा 'जिम्मेवारी वृक्षारोपण गतिविधि’ मा भाग लिएका छन्।
सो क्रममा सीले चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशन यता आफूले लगातार दश वर्षदेखि पैचिङको जिम्मेवारी वृक्षारोपण गतिविधि’ मा भाग लिएर रूख रोप्दै आएको र सबैजनालाई सुन्दर चीनको निर्माणमा प्रयास गर्न आव्हान गरेका छन्। उनले सारा समाज र विशेष गरी युवायुवतीलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको पनि बताए।
दश वर्ष यता‚ चीनमा पर्यावरणीय सभ्यताको निर्माणलाई सबल बनाइएको छ। हरियाली मुलुकको निर्माणलाई अघि बढाइँदै सहर र ग्रामिण क्षेत्रको जीवन तथा वातावरणमा सुधार भएको छ र सुन्दर चीनको सपना वास्तविक बन्दै गएको छ।
पर्यावरणीय प्रणालीको संरक्षण र सुधार छोटो समयमा पूरा नहुने भएकोले दीर्घकालीन प्रयास गर्नुपर्ने पनि राष्ट्रपति सीले व्यक्त गरेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:४६
प्रतिक्रिया दिनुहोस्