Nic Ad Nic Ad
Nic Ad Nic Ad

आलियासँग विवाह गर्ने तयारीमा रहेका रणवीर किन विवाह मिति खुलाउन चाहान्नन् ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको प्रेमसम्बन्ध लामोसमयदेखि चर्चामा छ । प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने तयारीमा लागेका यी दुईबारे पछिल्लो समय विभिन्न कुराहरु भइरहेका छन् । विवाहको तयारीसँगै यी दुई अहिले आआफ्नो फिल्ममा व्यस्त छन् । अहिले आलियाको साउथ फिल्म आरआरआर प्रदर्शनमा छ । यसै फिल्मलाई लिएर आलिया बढी चर्चामा पनि छिन् । यसैबीच विवाह हुने चर्चा पनि चलिरहेको छ । हालै रणवीरले नै अब आफूहरुले छिट्टै विहे गर्ने बताएका छन् । उनले आफ्नो विवाहको मिति भने खुलाउन चाहेनन् । उनले एनडीटिभीसँग भनेका छन् ‘म विहेको मिति नै मिडियामा सार्वजनिक गर्न चाहनन्। तर आलिया र मैले विहेका लागि तयार भएका छौं। आहा गरौं त्यो छिट्टै पूरा होस्, ।यता आलियाका बुबा महेश भट्टले यो खबरलाई अफवाह भनेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:०४
प्रतिक्रिया दिनुहोस्