लगातार बढिरहेको पेट्रोलको मूल्य घट्यो, आईओसीले पठायो मूल्य सूची
काठमाडौं - लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ । शुक्रबार इन्डियन आयल कर्पोरेसन ९आईओसी०ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको हो ।
शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको निगमले जनाएको छ । डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ भने मट्टितेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आएको छ । यस्तै हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ ।
लगातार बढिरहेको डिजेल र पेट्रोलको मूल्यवृद्धि रोकिए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको निगमले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २१:०५
प्रतिक्रिया दिनुहोस्