कतार विश्वकपको खेल तालिका सार्वजनिक : फ्रान्सलाई सहज, स्पेन र जर्मनी एकै समूहमा
काठमाडौँ– कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
कतारको दोहामा शुक्रबार एक कार्यक्रमको बीच विश्वकपको समूह चरणको खेल तालिका सार्वजनिक गरिएको हो ।
फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर 'ड्र' गरेको हो ।
कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।
सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह 'डी' मा परेको छ ।
तुलनात्मक सहज रहेको यस समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । यस समूहमा युएई, अष्ट्रेलिया र पेरु मध्ये एक टोली आउने छन् ।
यस्तै उपाधि दाबेदार स्पेन र जर्मनी एकै समूहमा परेका छन् । यस समूह 'ई' मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्डबीचको विजेता यस समूहमा हुने छन् ।
लियोनल मेस्सीको टोली अर्जेन्टिना समूह 'सी' मा परेको छ । यस समूहमा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् ।
क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह 'एच' मा परेको छ । यस समूहमा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना छन् ।
ब्राजिल समूह 'जी' मा रहेको छ । यस समूहमा स्विजरल्याण्ड, सर्बिया र क्यामरुन छन् ।
आयोजक कतार समूह 'ए' मा पर्दा इंग्ल्यान्ड समूह 'बी' मा छन् ।
उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छन् ।
कुन समूहमा कुन राष्ट्र ?
समूह ए - कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर
समूह बी - इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड)
समूह सी - अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया
समूह डी - फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/अष्ट्रेलिया/पेरु)
समूह ई - स्पेन, जर्मनी, जापान, (कोस्टारिका/न्युजिल्याण्ड)
समूह एफ - बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा
समूह जी - ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन,
समूह एच - पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना