Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईपीएल : पन्जाबलाई पराजित गर्दै कोलकाता शीर्ष स्थानमा

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सलाई पराजित गर्दै कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ।

गएराति कोलकाताले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ३८ रनको लक्ष्य कोलकाताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो।

कोलकाताका लागि आन्द्रे रसेलले अविजित ७० रनको शानदार इनिङ खेले। कप्तान श्रेयस आयरले २६ रन बनाए भने साम विलिङ्सले अविजित २४ रन जोडे। पञ्जाबमा राहुल चाहरले दुई विकेट लिए।

पहिले ब्याटिङ गरेको पन्जाबका लागि लागि भानुका राजपाक्षे ३१, कागिसो राबडा २५, लियाम लिभिङस्टोन १९, शिखर धवनले १६ रन जोड्दा हारप्रित ब्रारले १२ रन मात्र बनाए।

कोलकाताका उमेश यादवले ४ विकेट हात पारेका छन् भने टिम साउथीले २ विकेट लिए।

यो जितसँगै कोलकाताले ३ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा कोलकाताले चेन्नईलाई हराएको थियो। दोस्रो खेलमा भने बैंगलोरसँग पराजित भएको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५८
प्रतिक्रिया दिनुहोस्