Nic Ad Nic Ad
Nic Ad Nic Ad

आर्थिक संकटग्रस्त श्रीलंकामा राष्ट्रिय संकटकाल घोषणा

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – आर्थिक संकटग्रस्त बनेको श्रीलंकामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ । आर्थिक संकट गहिँदै जाँदा देशव्यापी रुपमा सडकमा विरोध प्रदर्शन हुन थालेसँगै राष्ट्रपति गोटाभाया राजपाक्षेले शुक्रबार संकटकाल घोषणा गरेका हुन् ।

राष्ट्रिय सुरक्षा र आवश्यक सेवाको आपूर्तिलाई सहज बनाउन यो निर्णय लिइएको राष्ट्रपति कार्यालयबाट जारी आदेशमा भनिएको छ ।

राष्ट्रपतिको यो निर्णयसँगै सेनाले संदिग्ध व्यक्तिलाई बिना पूर्जी गिरफ्तार गर्न पाउने अधिकार पाएको छ । साथै, त्यस्ता व्यक्तिलाई सेनाले लामो समयसम्म हिरासतमा राख्न सक्नेछ ।

यसको अघिल्लो दिन बिहीबार राति राष्ट्रपति राजपाक्षेको निवास बाहिर हजारौँ प्रदर्शनकारी भेला भएका थिए । त्यसक्रममा उछृङ्खल भीडले राष्ट्रपति भवनमा ढुंगामुढा गरेको थियो ।

हिंसा भड्काउन खोजेको आरोपमा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच प्रहरी र १० जना घाइते भएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्