Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो: बाइडेन

बिहीबार, मंसिर ८, २०७९
वासिङ्टन— अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उनको भनाई छ । विश्वभरि अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा‚ खाद्यान्नलगायतको अभाव समेत भएको उल्लेख गर्दै उनले त्यसको दोषी पुटिन नै भएको दावी गरे । शुक्रबार उनले भने‚ “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो‚ आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ‚ रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरि नै हानी गरेको छ ।” उनले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गरे । “यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अनुमान लगाउन नसकिने अवस्था छ‚” सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन् । आफूले दिएको सुझाव र आग्रहलाई पुटिनले वेवास्ता गरेकाले विश्वभरलाई नै असर पर्ने काम भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । राष्ट्रपति बाइडनले तत्काल युद्ध रोक्न र वार्ता मार्फत विवाद अन्त्य गर्न पटक पटक आग्रह गर्दै आएको पनि स्मरण गराएका छन् । (रासस/एएनआई)
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१९
प्रतिक्रिया दिनुहोस्