Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलेसियामाथि नेपालको शानदार जित, पीएनजीसँग फाइनल खेल्ने

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले लगातार शानदार चौथो जित हात पारेको छ । टस हारेर ब्याटिंङ् गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकीय पारीमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन जोडेको थियो ।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा मलेसिया १९.५ ओभरमा अल आउट हुँदै १३८ रनमा अल आउट भयो । मलेसिया नेपालसँग १ बल बाँकी छँदै ८५ रनले पराजित भएको हो । नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए ।

यस्तै कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए । नेपालका लागि ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ५७ बलको सामना गर्दै ११० रन जोडे यस्तै रोहित पौडेलले ३४ बलको सामना गर्दै ५१ रन जोडे ।

त्यस्तै कुशल भुर्तेल १२ रन, आशिफ शेख १८ रन र मोहम्मद आदिल अलामले १४ रन जोडेका थिए । नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ । नेपालसँग मलेसिया पराजित भएसँगै कुल रनरेटको आधारमा पपुवा न्युगिनी फाइनल प्रवेश गरेको छ । फाइनल खेल सोमबार त्रिवि क्रिकेटमा हुनेछ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार