Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोलियम व्यवसायीहरुले फिर्ता लिए आन्दोलन‚ भोलिबाट सहज हुने !

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं । आइतबारदेखि देशव्यापी आन्दोलन गर्ने भनेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन गर्न तोकिएको मितिको अघिल्लो दिन आज (शनिबार) नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । राष्ट्रिय पेट्रोल व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्याल र निगमका प्रवक्ता ई. विनितमणि उपाध्यायबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सहमतिसँगै जारी विज्ञप्तिमा पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी. ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा सात दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५  सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने भनिएको छ । यसअघि‚ विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमले ढुवानी भाडा नबढाएपछि व्यवासायीहरुले ढुवानी तथा विक्री वितरण बन्द गर्ने घोषणा गरेका थिए । तर‚ यस विषयमा निगमका प्रवक्ता उपाध्यायसँग शनिबार साँझ अबेरसम्म व्यवसायीहरु छलफलमा जुटेपछि सहमतिको निकास निस्केको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२२
प्रतिक्रिया दिनुहोस्