Nic Ad Nic Ad
Nic Ad Nic Ad

चेल्सीले पराजय ब्यहोर्दा लिभरपुल र सिटीको सहज जित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पराजय ब्यहोर्दा लिभरपुल, म्यानचेस्टर सिटीले सहज जित निकालेका छन् ।

शनिबार राति भएको खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो ।

खेलको ४८ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को स्थितिमा ल्याए ।

ब्रेन्टफोर्डका लागि भिटाली जनालेटले २ तथा क्रिस्टियन एरिक्सन, विसाले १-१ गोल गरे ।

यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

चेल्सी ५९ अंक जोडेर तेस्रो स्थानमा छ ।

यस्तै, लिगको अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले एक एक गोल गरे । खेलको २२ औं मिनेटमा जोटाले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए।

त्यसपछि खेलको ८९ औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए । जितसँगै लिभरपुलले ३० खेलमा ७२ अंक जोडेको छ ।

लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

वाट्फोर्ड २२ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

यसैगरी, लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले बर्नलीविरुद्ध २-० को सहज जित निकालेको हो ।

खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको २५ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

जितसँगै सिटीले ३० खेलमा ७३ अंक जोडेको छ । बर्नली २१ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:५२
प्रतिक्रिया दिनुहोस्