Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ८८ पैसा र बिक्री दर १५९ रुपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यसैगरी, आज बहराईन दिनार एकको खरिद दर ३२० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ३२२ रुपैयाँ ३९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८७ पैसा छ। त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्