Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदर्शन रोक्न श्रीलंकामा ३६ घण्टे देशव्यापी कर्फ्यू

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – राष्ट्रिय संकटकाल लागू भएको श्रीलंकामा प्रदर्शन नियन्त्रण गर्न सरकारले कर्फ्यू आदेश जारी गरेको छ । आर्थिक संकटग्रस्त श्रीलंकामा आज बिहानदेखि लागू हुने गरी ३६ घण्टे कर्फ्यू लागू गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीलंकामा खाद्यान्न तथा इन्धनसहित अत्यावश्यक सामग्रीको अभाव रहेको छ । बढ्दो महंगी र दैनिक उपभोग्य वस्तुको अभावका कारण जनता प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनलाई नियन्त्रणमा राख्न सरकाले कर्फ्यू आदेश जारी गरेको हो ।

बिहीबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भडप भएको थियो ।

प्रदर्शन तथा उछृं्रखल गतिविधि रोक्न शहरमा सेना परिचालन गरिएको छ भने सेनालाई शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको छ ।

गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका नागरिकको दैनिकी कष्टपूर्ण बन्दै गएको छ । विदेशी मुद्राको अभावका कारण श्रीलंकाले इन्धन किन्न सकिरहेको छैन । श्रीलंकामा कम्तीमा १२ घण्टा विद्युत कटौती भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:१८
प्रतिक्रिया दिनुहोस्