इमरान खानविरुद्ध विपक्षी गठबन्धनलाई १७४ सांसदको समर्थन रहेको दाबी
काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध आफूहरुले १७४ सांसदको समर्थन जुटाएको विपक्षी गठबन्धनले दाबी गरेको छ ।
पाकिस्तान मुस्लिम लिगकी नेता मरियम औरञ्जेबले प्रधानमन्त्री खानविरुद्ध आफूहरुसँग १ सय ७४ जना सांसदको समर्थन जुटेको दाबी गरेकी हुन् ।
उनले ट्वीटमार्फत यसबारे जानकारी दिएकी हुन् । खानविरुद्धको प्रस्ताव पेस भएसँगै जम्हुरी वतन पार्टीले सत्तारुढ गठबन्धनलाई दिएको समर्थन फिर्ता लिएको छ ।
योसँगै संसदको तल्लो सदनमा रहेका कुल ३४२ सदस्यमा सत्तारुढ गठबन्धनका १७८ सांसद मात्रै छन् ।
सत्ता जोगाउन खानको सरकारलाई कम्तिमा १७२ सांसदको समर्थन आवश्यक पर्दद्ध । यस्तै, विपक्षी गठबन्धनलाई पनि खान नेतृत्वको सरकार गिराउन १७२ सांसद चाहिन्छ ।
Parliament Update : Support for Opposition expanding and growing Alhamdullilah
نَصْرٌ مِّن اللَّهِ وَفَتْحٌ قَرِيبٌ #یوم_نجات pic.twitter.com/FIHR3hna8U — Marriyum Aurangzeb (@Marriyum_A) April 3, 2022
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:१८
प्रतिक्रिया दिनुहोस्