पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज, संसद भंग गर्न सिफारिस
काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव मतदान प्रक्रियामा प्रवेश गर्न नपाउँदै खारेज भएको छ ।
संसदका उपसभामुख कासिम खान सुरीले अविश्वासको प्रस्ताव असंवैधानिक भएको बताउँदै खारेज गरेका हुन् ।
उपसभामुखले अविश्वासको प्रस्ताव संविधानको धारा ५ विरुद्ध रहेको उल्लेख गरेका छन् ।
यसैबीच, अविश्वासको प्रस्ताव खारेज भएसँगै प्रधानमन्त्री खानले संसद भंग गरेका छन् । देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले संसद भंग गरी नयाँ जनादेशमा जान राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
उनले पाकिस्तानी जनतालाई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् ।
खानको संसद भंग गर्ने निर्णयविरुद्ध विपक्षी गठबन्धनका दलहरुले भने आपत्ति जनाएका छन् । पीपीपी अध्यक्ष बिलावल भुट्टोले प्रधानमन्त्री खानले संविधान उल्लंघन गरेको र त्यसविरुद्ध सर्वोच्च अदालत जाने बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:१८
प्रतिक्रिया दिनुहोस्