Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईपीएल : साविक विजेता चेन्नईको लगातार तेस्रो हार

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार ब्यहोरेको छ ।

मुम्बईमा आइतबार राति पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै चेन्नईले तेस्रो हार ब्यहोरेको हो । साविक विजेता तथा चार पटकको च्याम्पियन चेन्नईको यो आईपीएलमा इतिहासमै खराब सुरुवात हो ।

पन्जाबले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको चेन्नई १८ ओभरमा अलआउट हुँदै १ सय २६ रनमा समेटियो ।

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । रोबिन उथप्पा र अम्बाती रायडु समान १३ रनमा आउट हुँदा कप्तान रविन्द्र जडेजा सुन्य रनमा आउट भए ।

महेन्द्र सिंह धोनीले २३ रन बनाए ।

पन्जाबका राहुल चाहरले ३ तथा लियाम लिभिङस्टोन र भैबब अरोराले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

पन्जाबका लागि लियाम लिभिङस्टोनले ६० रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३३ तथा जितेश शर्माले २६ रन बनाए ।

चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २/२ विकेट लिए ।

यस जितसँगै पन्जाबले तीन खेलमा दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेमा ४ अंक जोडेको छ ।

३ खेलमै पराजित यात्रा तय गरेको चेन्नई अंकविहीन छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:००
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार