Nic Ad Nic Ad
Nic Ad Nic Ad

आर्थिक संकटग्रस्त श्रींलकाका २६ मन्त्रीले दिए सामूहिक राजीनामा

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – आर्थिक संकटग्रस्त श्रीलंकामा सरकार विरोधी प्रदर्शन चर्किन थालेसँगै मन्त्रिमण्डलका सबै २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

आइतबार अबेर राति आर्थिक संकटका बीच २६ जना मन्त्रीले प्रधानमन्त्री महिन्दा राजपाक्षेसामू सामूहिक राजीनामा दिएका हुन् ।

शिक्षा मन्त्री तथा सदनका नेता दिनेश गुणावर्धनाले पत्रकारसँगको कुराकानीमा क्याबिनेटका सबै मन्त्रीले प्रधानमन्त्री राजपाक्षेसामू राजीनामा बुझाएको बताए ।

तर, उनले सामूहिक राजीनामा दिनुको कारण भने खुलाएनन् । यद्यपि, राजनीतिक विश्लेषकहरुले भने आर्थिक संकटबाट देशलाई जोगाउन सरकारले खेल्नु पर्ने भूमिकालाई लिएर मन्त्रीहरुमाथि बढ्दो दबाबका कारण सामूहिक राजीनामा आएको बताएका छन् ।

आइतबार साँझ सडकमा आम सर्वसाधारणले व्यापक विरोध प्रदर्शन गरेका थिए । देशको कमजोर अवस्थालाई लिएर प्रदर्शनकारीहरुले राष्ट्रपति गोटाबाया राजपाक्षेको राजीनामा माग्दै आएका छन् ।

गत ३१ मार्चमा आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेका थिए । त्यसक्रममा सरकारी सवारी साधनमाथि प्रदर्शनकारीले आगजनी गरेका थिए । उक्त घटना लगत्तै सरकारले देशभर संकटकाल लागू गरेको छ ।

सामाजिक सञ्जालमार्फत सरकार विरोधी प्रदर्शनका सहभागी हुन आह्वान गरिन थालेपछि श्रीलंकामा ३६ घण्टे कफ्र्यु आदेश जारी गरिएको छ । - एजेन्सीको सहयोगमा

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्