कमेडियन भारतीलाई पुत्र लाभ, सबैतिरबाट बधाईको ओइरो
काठमाडौँ - भारतीय हाँस्य कलाकार जोडी भारती सिंह र हर्ष लिम्बाचियाले पुत्र लाभ गरेका छन् ।
भारतीले आइतबार छोरालाई जन्म दिएकी हुन्। यो सँगै हर्षले आफ्नो परिवारमा सबैभन्दा प्यारो सानो आत्मालाई स्वागत गरेको बताएका छन्।
हर्षले भारतीसँगको निकै सुन्दर तस्वीर सेयर गर्दै लेखेका छन्, ‘यो छोरा हो ।' त्यसयता भारती आफ्नो गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्।
हर्षको यो पोस्टपछि फ्यानदेखि लिएर सेलिब्रेटीसम्मले उनीहरुको जोडीलाई बधाई दिइरहेका छन्।
२०१७ मा भारतीको विवाह लेखक हर्ष लिम्बाचियासँग भएको थियो । उनी हर्षभन्दा ७ वर्ष जेठी छिन्। करिब ७ वर्ष डेटिङ गरेपछि यी दुईले एकअर्कालाई जीवनसाथी रोजेका थिए।
हर्षले ‘पीएम नरेन्द्र मोदी बायोपिक’ को डाइलगहरू लेखेका थिए। यसका अलावा उनले फिल्म ‘मलंग’ को टाइटल ट्र्याक पनि लेखेका थिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्