Nic Ad Nic Ad
Nic Ad Nic Ad

बतास समूहले सम्झौता रद्द गरिएको पत्र बुझ्न नमानेपछि सार्वजनिक सूचना

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – तिलगंगास्थित नेपाल–भारत मैत्री पशुपति धर्मशाला भाडामा लिएर होटल आनन्द सञ्चालन गर्दै आएको बतास समूहले सम्झौता रद्द गरिएको पत्र बुझ्न नमानेपछि पशुपति क्षेत्र विकास कोषले सार्वजनिक सूचना जारी गरेको छ ।

सम्झौता बमोजिमका विभिन्न सर्तहरु पालना नगरेको भन्दै कोषको सञ्चालक परिषदको यही चैत १४ गते बसेको बैठकले चैत १७ गतेदेखि लागू हुने गरी बतास समूहसँगको सम्झौता भंग गर्ने निर्णय गरेको सार्वजनिक सूचना प्रकाशित गरेको हो ।

सम्झौता रद्दबारे पत्रबाट जानकारी गराइएकोमा होटल आनन्दका सञ्चालक आनन्द बतास तथा प्रतिनिधि ओस्कर बतासले पत्र नबुझेको र उक्त पत्र निजको आधिकारिक ई–मेल ठेगानमा समेत पठाईएकोमा पुनः सार्वजनिक जानकारी समेतका लागि सूचना प्रकाशित गरिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्झौता बमोजिमका सर्त उल्लंघन गरेको भन्दै कोषको सञ्चालक परिषदको गत माघ २८ गते बसेको बैठकले बतास समूहलाई ३५ दिनभित्र स्पष्टीकरण सहितको जवाफ पेस गर्न भन्दै फागनु १ गते पत्राचार गरेको थियो । तर, बतास समूहले स्पष्टीकरण नदिई उक्त म्याद गुजारेको कोषले जनाएको छ ।

बतास समूहले भने होटल सञ्चालनमा बाधा पुर्‍याएको भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ । जसका कारण सरकारले सम्झौता रद्द गर्दा पनि उसले हट्न मानिरहेको छैन ।

हेर्नुहोस् सूचना

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्