भारतीय संगीतकार रिकी केजले पाए विश्व प्रतिष्ठित ग्रामी अवार्ड
काठमाडौँ – संगीत क्षेत्रको विश्वकै प्रतिष्ठित यस वर्षको ग्रामी अवार्ड भारतीय संगीतकार रिकी केजले पाएका छन् ।
अमेरिकाको लस भेगासमा आयोजित ६४ औँ ग्रामी अवार्ड समारोहमा केजले पाएको यो दोस्रो ग्रामी अवार्ड हो ।
उनले ब्रिटिस रक ब्याण्ड ‘द पुलिस’ का ड्रमर स्टेवार्ट कोपल्याण्डसँग ‘बेस्ट न्यू एज एल्बम’ को अवार्ड पाएका हुन् । स्टेवार्ट अमेरिकी नागरिक हुन् ।
यो अवार्ड उनले ‘डिभाइन टाइड्स’ बाट पाएका हुन् ।
उनले ट्वीटरमा एक तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘हाम्रो एल्बम डिभाइन टाइड्सको लागि ग्रामी अवार्ड प्रदान गरिएकोमा अत्यन्तै आभारी छु । मेरो साथमा उभिएका व्यक्तित्व स्टेवार्टबाट गहिरो माया पाएको छु । तपाईं सबैलाई मेरो तर्फबाट धेरै धेरै माया, यो मेरो दोस्रो ग्रामी अवार्ड हो भने स्टेवार्टको छैटौँ अवार्ड हो । ’
Won the Grammy Award today for our album Divine Tides ? Filled with gratitude and love this living-legend standing with me - @copelandmusic . My 2nd Grammy and Stewart's 6th. Thank you to everyone who ever collaborated, hired, or listened to my music. I exist because of you. pic.twitter.com/Pe4rkOp0ba
— Ricky Kej (@rickykej) April 4, 2022
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:३२
प्रतिक्रिया दिनुहोस्