हाँस्यकलाकार भारती सिंह आमा बनिन्
काठमाडौं – भारतकी चर्चित हाँस्यकलाकार भारती सिंह छोराकी आमा बनेकी छिन् । भारती र उनका श्रीमान् हर्ष लिम्बाचियाले आइतबार सामाजिक सञ्जालमार्फत आफूहरु आमाबुबा बनेको जानकारी गराएका छन् । हर्षले भारतीसँगको एउटा सुन्दर तस्बिर शेयर गर्दै खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन् - ‘इट्स अ बोय
पाँच वर्ष अगाडि विवाह गरेका उनीहरु आमाबुबा बनेपछि फ्यानहरुले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । आफ्नी पत्निलाई अस्पताल लगेदेखि हर्ष सबै काम धन्दा छाडेर उनकै रेखदेखमा खटिएको भारतिय मिडियामा बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:३२
प्रतिक्रिया दिनुहोस्