आलिया र रणवीरको विवाहको मिति बाहिरियो, कहिले हुँदैछ विवाह ?
काठमाडौं – लामोसमयदेखि प्रेमसम्बन्धमा रहेका बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको विवाहको चर्चा चलिरहेको छ । प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने तयारीमा लागेका यी दुईको विवाह मिति पनि सार्वजनिक भएको हल्ला पनि चलिरहेको छ । भारतिय मिडियाका अनुसार यी दुईले सन् २०२२ को अप्रिलमा विवाह गर्ने भएका छन् ।
इटाइम्सको रिपोर्ट अनुसार अप्रिलको दोस्रो हप्तामा आलिया र रणवीरको विवाहको मिति भएको खबर बाहिर आएको छ । विवाहको तयारीसँगै यी दुई अहिले आआफ्नो फिल्ममा व्यस्त छन् ।
उनीहरुको विवाह रणवीरको पुर्ख्यौली घर आरके हाउसमा हुने चर्चा छ । किनकी त्यहाँ नै रणवीरका आमाबुवा ऋषि कपूर र नीतु कपूरको विवाह भएको थियो ।
अहिले आलियाको साउथ फिल्म आरआरआर प्रदर्शनमा छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:२७
प्रतिक्रिया दिनुहोस्