Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘अटो लोन’ रोक्न राष्ट्र बैँकको निर्देशन

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडि कर्जा (अटो लोन) रोक्न राष्ट्र बैँकले निर्देशन दिएको छ ।

राष्ट्र बैँकले अत्यावश्यकबाहेक वस्तुमा जाने कर्जा रोक्न प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएको छ । सोमबार २७ वटै वाणिज्य बैंकका सीईओहरूलाई बोलाउँदै राष्ट्र बैंकले सो निर्देशन दिएको छ ।

स्रोतका अनुसार राष्ट्र बैंकले अहिले अर्थतन्त्र ठूलो संकटमा भएकोले बैंकहरूको ठूलो भूमिका रहने राष्ट्र बैंकको भनाइ थियो ।

एक सीईओले भनाई अनुसार केन्द्रीय बैँकले ‘अटो लोन’ रोक्न निर्देशन दिएको छ । हामी धर्मसंकटमा रहेका छौँ ।

राष्ट्र बैंकले आयातित वस्तुमा जाने गाडी आयातको एलसी रोक्नलाई निर्देशन दिएको हो ।

विदेशी मुद्राको संचितिमा दबाव बढ्दै गएको बताउँदै राष्ट्र बैंकले बैंकका सीईओहरूलाई गाडीहरूको एलसी रोक्नलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले यसअघि नै विभिन्न वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:०३
प्रतिक्रिया दिनुहोस्