रुसले बुचा शहरमा ३ सय सर्वसाधारणको हत्या र उत्पीडन गर्यो – जेलेन्स्किी
काठमाडौँ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बुचा शहरमा रुसले ३ सय सर्वसाधारणको हत्या तथा उत्पीडन गरेको आरोप लगाएका छन् ।
रुसको कब्जामा रहेको बुचा शहरमा रुसले युद्ध अपराध गरेको प्रमाणसमेत भेटिएको जनाइएको छ । यद्यपि, युद्ध अपराधबारे प्रमाण भेटिएको विषयको भने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
जेलेन्स्किीले भनेका छन्, ‘रुसले जे गरेको छ, हामी त्यसको अनुसन्धान गरिरहेका छौँ ।’
पूरै शहरको जाँच पूरा भएपछि थप विस्तृत जानकारी आउने र रुसी सेनाबाट मारिएकाहरुको संख्या अझ बढी भएको हुन सक्ने अनुमान गरिएको छ ।
किभ, चेरयनभि र सुमी क्षेत्रका जिल्लाका थुप्रै गाउँ रुसी सेनाले कब्जामा लिएर अमानवीय गतिविधि गरेको राष्ट्रपति जेलेन्स्किीको आरोप छ । रुसी सेनाले ८० वर्ष अघि नाजीहरुले कब्जा लिएको समयमा समेत यस खालको गतिविधि नभएको भन्दै रुसी सेनाको हर्कतप्रति आक्रोश पोखेका छन्
बुचा शहरमा भएको घटनालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि सर्वसाधारण जनताको हत्या मामिलामा मुद्दा चलाउनु पर्ने बताएका थिए ।