Nic Ad Nic Ad
Nic Ad Nic Ad

१३ जिल्लामा फैलियो बर्डफ्लू

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको जनाएको छ । बर्डफ्लू संक्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ ।  गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागले जानकारी दिएको छ । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा संक्रमण देखिएको छ । पछिल्लो विवरणअनुसार प्रदेश १ का मोरङ, उदयपुर र सुनसरी, मधेश प्रदेशका बारा, पर्सा र धनुषा, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक एवं गण्डकी प्रदेशको कास्कीमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३०
प्रतिक्रिया दिनुहोस्