Nic Ad Nic Ad
Nic Ad Nic Ad

नियुक्त भएको भोलिपल्टै श्रीलंकाका अर्थमन्त्रीले दिए राजीनामा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले राजीनामा दिएका छन् । उनले आफू अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्टै राजीनामा दिएका हुन् । आर्थिक संकटका कारण श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिइरहेका छन् । यसैबीच साब्रीले पनि पदबाट राजीनामा दिएका हुन् । साब्रीले विज्ञप्तिमा भनेका छन् - 'यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु । म विश्वास गर्छु कि मैले सधैं देशको हितमा काम गरेको छु' यसअघि सोमबार नै मन्त्रिपरिषद्का सबै सदस्यले पदबाट सामूहिक राजीनामा दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:१३
प्रतिक्रिया दिनुहोस्