Nic Ad Nic Ad
Nic Ad Nic Ad

किन अदालत पुगे सलमान खान ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - बलिउडका चर्चित अभिनेता सलमान खान कहिलेकाही विभिन्न समस्यामा परि रहनेगर्छन् । यस्तै उनी आफ्नो एक पुरानो मुद्दालाई लिएर उच्च अदालतमा पुगेका छन् । भारतिय मिडियाका अनुसार उनी तीन वर्ष पुरानो अंगरक्षकको बिषयमा भएको एक मुद्दामा अदालत गएका हुन् । उनको अंगरक्षकलाई एक पत्रकारले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका थिए । सोही बिषयको मुद्दालाई लिएर सलमान अदालत गएका हुन् । मुम्बईको मजिस्ट्रेट अदालतले सलमान र अंगरक्षक लाई ५ अप्रिलसम्म अदालतमा आउन भनेको थियो । सन् २०१९ मा पत्रकार अशोक पाण्डेले सलमानका अंगरक्षकमाथि आफूमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:३१
प्रतिक्रिया दिनुहोस्